FAQs Complain Problems

आ.व.२०७१/०७२ को समिक्षा गाेष्ठि

मेचिनगर नगरपालिकाको संक्षिप्‍त परिचय

मेचीनगर नगरपालिकाको आ.ब. २०७१।०७२ मा सम्पादन गरेका आयोजनाहरु तथा  लक्षित कार्यक्रमहरुको प्रगतिका वारेमा छलफल गर्न मिति २०७२ साल साउन २५ गते बुधवारका दिन मेचीनगर नगरपालिका कार्यालयको सभाकक्षमा बार्षिक प्रगति समिक्षा गोष्ठि सम्पन्न भयो । नगरपालिकाका कार्यकारी अधिकृत श्री केशव भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय राजनैतिक दलका प्रतिनिधि, एकिकृत नगर विकास तर्जुमा समितिका पदाधिकारी, वडा नागरिक मञ्चका पदाधिकारी, वडा सचेतना केन्द्रका पदाधिकारी, पत्रकार तथा स्थानीय एफ.एम. रेडियोका प्रतिनिधि सहित ८५ जनको सहभागिता रहेको थियो । गोष्ठि कार्यक्रमको संचालन जनस्वास्थय अधिकृत श्री दिपेन्द्र कार्किले गर्नुभएको थियो भने ईन्जिनियर श्री कमल प्रसाद कोईरालाले नगरपालिलकाले आ.व. २०७१।०७२ मा सम्पादन गरेका कार्यहरुको प्रगति प्रतिवेदन प्रस्तुति गर्नुभएको थियो । सोही क्रममा नगरवासीहरुको तर्फबाट हालै नगरपालिकाले पुनमुल्यांकन गरेको सम्पत्ति करको दस्तुत धेरै बृद्धि भएको, टोकला चिया विकास निगमबाट प्राप्त हुनुपर्ने एकिकृत सम्पत्ति कर हालसम्म न‍गरपालिकामा प्राप्त नभएको, संसद विकास कोषको रकम न्यायोचित रुपमा बितरण नभएको, विकास निर्माण कार्यमा प्रयोग हुने वालुवा, ढुगा लगायतका सामाग्रीहरु उत्खननमा नेपाल सरकारले रोक लगाएको, वालविकास केन्द्र व्यवस्थापनको रकम फ्रिज किन भएको, नगरक्षेत्रलाई ओ.डी.एफ. र प्लाष्टीक रहित क्षेत्र घोषणा गरेपनि प्यास्टीक पूर्ण रुपमा नियन्त्रण नभएको, आम्दा अस्पताल संचालन हुन नसकेको तथा धुलावारी प्राथमिक स्वास्थ्य उपचार केन्द्रले समेत सरल तवरले सेवा सुविधा उपलब्ध गराउन नसकेको, सडकबत्तिको वितरण समानुपातिक ढंगले नभएको, प्यारिभिटा बसपार्क संचालन नभएको तथा काकरभिटा सामुदायिक भवन निर्माण अधुरो भएको बिषयमा प्रश्न उठान भएको थियो । कार्यक्रमको अन्त्यमा कार्याकारी अधिकृत श्री केशव भटटराईले समिक्षा भनेको सिंहावलोकन भएकोले यसमा राम्रो र नराम्रो कामको लेखाजोखा तथा आगामी दिनका लागि मार्गदर्शन समेत हुने भन्दै एकिकृत सम्पत्ति कर बृद्धि बारे ने.का. र एमाले समेतको ज्ञापनपत्र प्राप्त्र भएको अवस्थामा भोली बिहान १०।०० बजे यस बारेमा छलफल गर्न कार्यक्रम तय भएको जानकारी गराउनु भयो ।  टोकला चिया निगमबाट प्राप्त हुनुपर्ने एकिकृत सम्पत्ति कर प्राप्तीका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र अर्थ मन्त्रालयको निजीकरण ईकाइ समेतमा पत्राचार भएको र तंहाबाट उत्तर प्राप्त नभएको । संसद विकास कोषको रकम वाडफाड सम्बन्धमा सम्बन्धीत निकायमा पत्राचार गर्ने, विकास निर्माण कार्यमा प्रयोग हुने ढुंगा तथा बालुवाको उत्खननका लागि सम्बन्धीत निकायमा अनुरोध गर्ने व्याहोरा जानकारी गराईयो । साथै वालविकास केन्द्रको व्यवस्थापनको कार्य जिल्ला शिक्षा कार्यालयले गरेकोले सो सम्बन्धी बजेट वाकी रहेको । नगरपालिका, मेची उधोग बाणिज्य संघ तथा आम्दा नेपालको सहकार्यमा संचालीत मेची आम्दा अस्पताललाई यस क्षेत्रकै क्षेत्रिय अस्पतालको रुपमा विकास गर्न स्वास्थ्य मन्त्रालयमा पत्राचार भएको, काकरभिटा स्थित सामुदायिक भवन निर्माणको साविक समिति र नया समिति बिच बरबुझारथ गरी कार्यको थालनी गर्ने । प्यारिभिटा बसपार्कको मुद्धा नगरपालिकाको विपरित भएकोले आर्विटेशन मार्फत कार्य भैरहेको व्यहोरा जानकारी गराउदै आगामी दिनहरुमा नगरक्षेत्रको समग्र विकासका लागि नगरपरिषद बैठकबाट स्वीकृत निती तथा कार्यक्रमको यथोचित कार्यान्वयनका लागि सबैसँग सहकार्य गरी अगाडी बढने निर्णयका साथ आजको समिक्षा कार्यक्रम सधन्यवाद समापन भयो ।