FAQs Complain Problems

समाचार

मेचीनगर नगरपालिका कार्यालय , झापा

Read More

बासबारी सिमसार, मेचीनगर वडा नम्बर ११

Read More

मेचिनगर नगरपालिकाको संक्षिप्‍त परिचय

मेचीनगर नगरपालिकाको संक्षिप्त परिचय |

प्रदेश न. १ को झापा जिल्लामा अवस्थित मेचिनगर नगरपालिका जनसंख्याको आधारमा देशकै सबैभन्दा ठुलो नगरपालिका हो मेचिनगर नगरपालिकालाइ नेपालको पूर्वी सिमानाको प्रवेशद्वार पनि भनिन्छ । झापा जिल्लाको मेचिनगर नगरपालिका २०५३ सालमा नगरपालिका घोषणा भएको हो । यो नगरपालिका नेपालको पूर्वको प्रमुख उधोग तथा वाणिज्यको केन्द्र समेत हो । मेचिनगर नगरपालिकालाइ दुइ वटा राजर्माग र्पुव पश्चिम महेन्द्र राजर्माग र मेची राजर्मागले जोडेको छ । झापा जिल्लाका १५ वटा स्थानीय तह मध्ये एक मेचिनगर नगरपालिका तत्कालिन साविकका ५ वटा मेचिनगर नगरपालिका र ज्यामीरगढी, धाइजन, बाहुनडाँगी र दुवागढी गाविसहरु समेटी २०७३ सालमा मेचिनगर नगरपालिका घोषणा भएको हो । मेचि नदीको नामबाट नै यस नगरपालिकाको नाम रहन गएको छ । यस नगरपालिकामा विभिन्न धर्म तथा जात जातीका मानीसहरु बसोबास गर्दछन । जसको आफ्नै मातृभाषा, भेषभुषा र रहनसहन छ । यहाँ विभिन्न धर्मका अनुयायीहरु जस्तै हिन्दु, बौद्ध र क्रिचियनहरुको बसोबास रहेको छ, जसले सर्वलंैगिक संस्कृति झल्काउछ । यहाँको मुख्य भाषा भनेको नेपाली हो । दशैं, तिहार जस्ता राष्ट्रिय चाड पर्वका अलावा होली, गाइजात्रा, ल्होसार, ईद, माघे सक्रान्ती, जनै पुर्णिमा आदि जस्ता पर्वहरु मनाइन्छ । यस नगरपालिकामा खेतीयोग्य उर्वर भूमिको साथै पशुपालन लगायत व्यापार व्यवशाय र उद्योगको प्रचुर सम्भावना रहेको छ ।
 भौगोलिक अवस्थितिल:
मेचिनगर नगरपालिकाको पूर्वमा भारत पश्चिममा अर्जूनधारा र विर्तामोड नगरपालिका उत्तरमा बुद्दशान्ती गाँउपालिका र ईलाम जिल्ला र दक्षिणमा भद्रपुर नगरपालिका रहेका छन् । १९२.८५ वर्ग कि.मी. कुल क्षेत्रफल रहेको यस मेचिनगर नगरपालिका ८८ डिग्री  ०२ मिनेट पुर्वी देशान्तर देखि ८८ डिग्री ११ मिनेट २६ सेकेन्ड देशान्तर सम्म र २६ डिग्री, ३३ मिनेट, २३ सेकेन्ड उत्तरी अक्षांस देखि २६ डिग्री, ४८ मिनेट, २० सेकेन्ड उत्तरी अक्षाँस सम्म फैलिएको छ । पूर्वमा नेपाल भारत सिमाना मेची नदी सहित देशको सबैभन्दा लामो पूर्व पश्चिम लोकमार्गको सुदुर पूर्वीखण्ड भएकोले यसलाइ नेपालको पुर्वी सिमानाको प्रवेशद्धार समेत भनिन्छ । काठमाण्डौबाट करीव ४७५ कि.मि.दक्षिण र्पूवमा मेचिनगर नगरपालिका रहेको छ भने विराटनगरबाट करिव ११५ कि. मी.र्पूवमा रहेको छ । झापा जिल्लाको सदरमुकाम चन्द्गढीबाट १९ कि. मि.को दुरीमा यस नगरपालिकाको केन्द्र मेचिनगर नगरपालिकाको र्कायालय रहेको छ ।

 

समाचार

नगर प्रमुख तथा उपप्रमुख

प्रमुख प्रशासकीय अधिकृत

होमनाथ भण्डारी 

प्रमुख प्रशासकीय अधिकृत
 9852629111, 023562437

सूचना अधिकारी

अशोक कुमार भेटवाल
(Ashok Kumar Bhetwal)  
 सूचना प्रविधि अधिकृत 
(Information Technology Officer)
 फोन नम्बर : 9840995657, 9815981234