द्द।द्द भौगोलिक अवस्थिति
मेचिनगर नगरपालिकाको पूर्वमा भारत पश्चिममा अर्जूनधारा र विर्तामोड नगरपालिका उत्तरमा बुद्दशान्ती गाँउपालिका र ईलाम जिल्ला र दक्षिणमा भद्रपुर नगरपालिका रहेका छन्् । १९२.८५ वर्ग कि.मी. कुल क्षेत्रफल रहेको यस मेचिनगर नगरपालिका ८८ड्ढ ०२ु पुर्वी देशान्तर देखि ८८ डिग्री ११ मिनेट २६ सेकेन्ड देशान्तर सम्म र २६ डिग्री, ३३ मिनेट, २३ सेकेन्ड उत्तरी अक्षांस देखि २६ डिग्री, ४८ मिनेट, २० सेकेन्ड उत्तरी अक्षाँस सम्म फैलिएको छ । पूर्वमा नेपाल भारत सिमाना मेची नदी सहित देशको सबैभन्दा लामो पूर्व पश्चिम लोकमार्गको सुदुर पूर्वीखण्ड भएकोले यसलाइ नेपालको पुर्वी सिमानाको प्रवेशद्धार समेत भनिन्छ । काठमाण्डौबाट करीव ४७५ कि.मि.दक्षिण र्पूवमा मेचिनगर नगरपालिका रहेको छ भने विराटनगरबाट करिव ११५ कि. मी.र्पूवमा रहेको छ । झापा जिल्लाको सदरमुकाम चन्द्गढीबाट १९ कि. मि.को दुरीमा यस नगरपालिकाको केन्द्र मेचिनगर नगरपालिकाको र्कायालय रहेको छ ।
