FAQs Complain Problems

अा‍. ब. २०७१/०७२ काे सार्वजनिक सुनुवाई कार्यक्रमहरु

मेचिनगर नगरपालिकाको संक्षिप्‍त परिचय


पृष्ठभूमि

नगरपालिका नगरवासीहरुको आप्नै साझा संस्था भएको कारण नगरवासीहरुले नगरपालिकाबाट सम्पादन हुने हरेक काम कारवाहिहरुको मुल्यांकन र लेखाजोखा गरिरहेका हुन्छन । नगरपालिका स्वायत्तता र विकेन्द्रकरणको माध्यमबाट संचालित हुन्छ । नगरपालिकाले बनाउने बिभिन्न विकास निमार्ण तथा अन्य कार्यक्रहरु नगरवासीहरुको राय सुझावले निमार्ण गरिने भएकोले आफुले निमार्ण गरेका कार्यक्रमहरुको कार्यान्वयन कसरी भएको छ भन्ने बारेमा नगरवासीहरुको चासो हुनु स्वाभाविक हुन्छ । नगरपालिकाले बार्षीक बजेट तथा कार्यक्रम बमाोजिम सम्पादन गरेका कार्यहरुकाे चाैमासिक रुपमा सार्वजनिक सुनुवाई गर्नुपर्ने व्यवस्था प्रचलित एेन कानूनमा छ ।

पहिलाे चाैमासिक सार्वजनिक सुनुवाई

मेचीनगर नगरपाकिलाको आयोजना तथा सामुदायिक विकास मञ्चको सहजिकरणमा मेचीनगर नगरपालिकाको सेवा प्रवाहमा जवाफदेहिता वृद्धी गर्ने कार्यलाई सहज वनाउनका लागि सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । यस कार्यक्रम वाट नागरिकहरुका समस्या तथा सवालहरुलाई सुनुवाई गरि जिम्वेवार निकाय तथा ब्यक्तिहरुवाट प्रतिवद्धता पालना पत्रमा हस्ताक्षर गराई त्यसको पालना भए नभएको वारेमा अनुगमन गर्न अनुगमन समित निर्माण गरिएको छ ।

सेवाग्राही अभिमत संकलन

मेचीनगर नगरपालिका संगको समझदारी अनुसार नगर क्षेत्र भित्रका नागरिक हरुको नगरपालिकाले प्रदान गरेका सेवाहरु तथा विकास निर्माणका सवालहरुमा अभिमत ,विचार र धारणा के रहेको छ भन्ने वारेमा सामुदायिक विकास मञ्चका कर्मचारी स्थलगत भ्रमण गरि  सेवाग्राही रहेको स्थानमा नै पुगी अभिमत संकलन गर्ने कार्य गरिएको थियो । यस क्रममा करिव ५० भन्द वढि नागरिकहरुको अभिमत संकलन गरिएको थियो ।

सेवाग्राही वहिर्गमन अभिमत संकलन

नगरपालिका कार्यालय तथा यसका वडा कार्यालय हरुमा सेवा लिन आएका सेवा ग्राहीहरु सेवा लिए पस्चात सेवा प्राप्तीमा उनिहरुले भोगेका समस्या के कस्ता छन र त्यसमा सुधारका लागि उनिहरुको राय के कस्तो छ भन्ने वारेमा सामुदायिक विकास मञ्चवाट खटिएका कर्मचारीवाट राय संकलन गर्ने कार्य गरिएको थियो । यसका लागि फारम तयार गरि कर्मचारीहरुलाई दिइएको थियो । यस कार्यमा ५० भन्दा वढी सेवा ग्राहीको धारणा संकलन गरिएको थियो ।

सूचना सम्प्रेषण

मेचीनगर  नगरपालिका को सेवा प्रवाहलाई ब्यवस्थित तथा जवाफदेही वनाउने कार्यका लागि गरिने सार्वजनिक सुनुवाई कार्यक्रममा नगरवासीहरुको वढि से वढी उपस्थित होस भन्ने अभिप्रायले स्थानीय जनसंसद दैनिकमा  सूचना प्रकासन गरिएको थियो ।

सार्वजनिक सुनुवाइ कार्यक्रम

मेचीनगर  नगरपालिकाको सेवा प्रवाहमा सामाजिक जवाफदेहिताको अवस्था  विषयक  सार्वजानिक सुनुवाई कार्यक्रम  मेची नगर नगरपलिकाको आयोजना तथा सामुदायिक विकास मञ्च काकरभिट्टाको सहजीकरणमा  सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा सम्पन्न भएको कार्यक्रममा राजनितिक दलका प्रतिनिधि हरु वुद्धीजीवी नागरिक समाजका प्रतिनिधि तथा सेवाग्राही गरि जम्मा ९० जनाको सहभागिता रहेको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका गुनासा तथा सवालहरु उपर आवश्यक छलफल गरि प्रतिवद्धता पालना पत्रमा हस्ताक्षर गर्ने कार्य उक्त सर्वाजनिक सुनुवाइ कार्यक्रममा भएको थियो । यस कार्यक्रममा निम्न अनुसार  सवालजवाफ भएको थियो तथा निम्न अनुसार प्रतिवद्धता ब्यक्त गरिएको थियो ।

(क‍‍. सवाल)  सवै वडाहरु र नगरपालिकको पनि नागरिक वडापत्र सवैले देख्नेगरि रख्नुपर्ने र नगरपालिकले प्रदान गर्दे सेवा सुविधा  सम्वन्धमा व्रुसियर्स तयारगरि सवै टोल स्तर सम्म उक्त व्रुसियर्स वितरण गर्नूपर्ने
जवाफ प्रतिवद्धता : उक्त सवालमा नगरपालिकाको टीमका तर्फवाट सामुदायिक  शाखाका प्रमुख श्री अनन्त प्रकास वस्ती ज्युवाट केहि वडाकार्यालयहरुको उक्त कार्य सम्पन्न भै सकेको र केहि वडाहरुको कार्य चल्दै गरेकोले अर्काे महिना भित्रमा कार्य सम्पन्न गर्ने प्रतिवद्धता ब्यक्त गरियो ।
(ख.  सवाल)  नागरिक पडा पत्रमा तोकिएअनुसारको सेवा वडाकार्यालय तथा नगरपालिकावाट हुनुपर्ने। कार्यालयमा कमविषेशले जादा ढिलासुस्तिको समस्या रहेको पाइएको ।
जवाफ : वडापत्रमा तोकिएअनुसार कायृ सम्मन हुन नसकेको भन्ने प्रश्न अलि स्पस्ट हुनुपर्ने साथै कुनैपनि वडाकार्यालहरुमा तोकिएअनुसार कार्य सम्पन्न नभएमा सम्वन्धित कुराकोजानकारी तुरुन्त सामुदायिक शाखा वा अधिकृतलाई गराउनुपर्ने ।
(ग. सवाल)    धुलावारी तथा काँकरभिट्टा क्षेत्रको फोहरमैलाको ब्यवस्थापनमा अझ ध्यान दिनुपर्ने ।र सवै टोलविकास सम्म सडक वत्तीको ब्यवस्था गरिनुपर्ने ।
जवाफ : हालमा नगरपालिकावाट उक्त कार्य प्रभावकारीतवरमा सम्पन्न गर्न निश्चित संघसंस्थाहरुलाई प्रदान गरिको छ । तथापी अझ राम्रोसंग कर्य नभैरहको मा टोलविकासका भेलाहरुवाट के कसरी अझ प्रभावकारी रुपमा त्यसको निक्यौल निकालि फोहर ब्यवस्थापनमा कार्यगर्न सकिन्छ आगामी वर्षको सुरुवाट वृहत प्लानगरी कार्यक्रम ल्याइने छ । सडक वत्तीको लागि क्रमसह विद्युत नपुगेको स्थानमा सडक वत्ति विस्तार गर्र्नै लगिने छ ।
(घ. सवाल)   काँकरभिट्टा तथा धुलावारी क्षेत्रमा अब्यवस्थित पार्कीङ्ग साथै काँकरभिट्टा क्षेत्रमा यात्रु तानातान गर्ने अवस्थाको अन्त हुनुपर्ने
जवाफ : मैजुदा नगरप्रहरी परिचालन गरि पार्कीङ्ग तथा काँकरभिट्टा क्षेत्रमा रहको ब्यत्ति तानातान प्रवृतिको निगरानि राख्दै यस्ता असभ्य कुराहरुको निराकरण गर्दै लगिने छ ।

(ङ   सवाल)  प्लास्टिक नियन्त्रण प्रभावकारी वनाउनु पर्ने
जवाफ   : उद्योग वाणिज्य संघ ताथ अन्य संघ संस्थाहरुसंगसहकार्य गर्दै विभिन्न प्लास्टिक जन्य वस्तुको नियन्त्रणकार्यक्रम संचालन गर्दै अएको छ र अझ यसलाई ब्यवपक तथा वृष्तिृत वनाउदै जाने ।
(च. सवाल)    लागुपदार्थ, महिला हिंसा तथा एचआईभी जस्ता जल्दा वल्दा विषयमा कार्यक्रम नगरिपालिकाले संचालन गर्नूपर्ने ।
जवाफ :  नगरपालिका वाट यस्ता कार्यक्रम यस आवको कार्यक्रममा पनि राखिएको र आगामि आ.व. मा पनि क्रमसह राख्दै लगिने छ ।
(छ. सवाल)   वडाको वजेट वाडफडमा जनसंख्यालाई आधार मन्नुपर्ने
जवाफ  : यस विषयमा राजनैतिक दल तथा नगरपरिसद संग छलफल निति नियम मुताविक हुने छ ।

 

दाेश्राे चाैमासिक सार्वजनिक सुनुवाई कार्यक्रम

सामुदायिक विकास मञ्चले मेचीनगर नगरपालिका को सेवा प्रवाहमा जवाफदेहिता वृद्धी गर्ने कार्यलाई सहज वनाउनका लागि सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । यस कार्यक्रम वाट नागरिकहरुका समस्या तथा सवालहरुलाई सुनुवाई गरि जिम्वेवार निकाय तथा ब्यक्तिहरुवाट प्रतिवद्धता पालना पत्रमा हस्ताक्षर गराई त्यसको पालना भए नभएको वारेमा अनुगमन गर्न अनुगमन समित निर्माण गरिएको छ ।

सेवाग्राही अभिमत संकलन

मेचीनगर नगरपालिका संगको समझदारी अनुसार नगर क्षेत्र भित्रका नागरिक हरुको नगरपालिकाले प्रदान गरेका सेवाहरु तथा विकास निर्माणका सवालहरुमा अभिमत ,विचार र धारणा के रहेको छ भन्ने वारेमा सामुदायिक विकास मञ्चका कर्मचारी स्थलगत भ्रमण गरि  सेवाग्राही रहेको स्थानमा नै पुगी अभिमत संकलन गर्ने कार्य गरिएको थियो । यस क्रममा करिव ६० वढी नागरिकहरुको अभिमत संकलन गरिएको थियो ।

सेवाग्राही वहिर्गमन अभिमत संकलन

नगरपालिका कार्यालय तथा यसका वडा कार्यालय हरुमा सेवा लिन आएका सेवा ग्राहीहरु सेवा लिए पस्चात सेवा प्राप्तीमा उनिहरुले भोगेका समस्या के कस्ता छन र त्यसमा सुधारका लागि उनिहरुको राय के कस्तो छ भन्ने वारेमा सामुदायिक विकास मञ्चवाट खटिएका कर्मचारीवाट राय संकलन गर्ने कार्य गरिएको थियो । यसका लागि फारम तयार गरि कर्मचारीहरुलाई दिइएको थियो । यस कार्यमा ७० वढी सेवा ग्राहीको धारणा संकलन गरिएको थियो ।

सूचना सम्प्रेषण

मेचीनगर  नगरपालिका को सेवा प्रवाहलाई ब्यवस्थित तथा जवाफदेही वनाउने कार्यका लागि गरिने सार्वजनिक सुनुवाई कार्यक्रममा नगरवासीहरुको वढि भन्दा वढी उपस्थित होस भन्ने अभिप्रायले स्थानीय जनसंसद दैनिकमा एक हप्ता सम्म सूचना प्रकासन गरिएको थियो ।

सार्वजनिक सुनुवाइ कार्यक्रम

मेचीनगर  नगरपालिकाको सेवा प्रवाहमा सामाजिक जवाफदेहिताको अवस्था  विषयक  सार्वजानिक सुनुवाई कार्यक्रम  मेची नगर नगरपलिकाको आयोजना तथा सामुदायिक विकास मञ्च काकरभिट्टाको सहजीकरणमा  सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा सम्पन्न भएको कार्यक्रममा राजनितिक दलका प्रतिनिधि हरु वुद्धीजीवी नागरिक समाजका प्रतिनिधि तथा सेवाग्राही गरि जम्मा ९० जनाको सहभागिता रहेको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका गुनासा तथा सवालहरु उपर आवश्यक छलफल गरि प्रतिवद्धता पालना पत्रमा हस्ताक्षर गर्ने कार्य उक्त सर्वाजनिक सुनुवाइ कार्यक्रममा भएको थियो । यो सार्वजनिक सुनुवाइ कार्यक्रम दोस्रो चौमासिक अवधिका लागि अर्थात मगंसिर देखि फागुन  सम्म ४ महिना सम्ममा नगरपालिका ले गरेका कार्यहरु प्रति नागरिकका गुनासा ब्यवस्थापन गर्ने तथा यस अघि प्रथम चौमासिकमा गरिएका प्रतिवद्धता पालना भए नभएको वारेमा नागरिकहरुको धारणा वुझने कार्य भएको थियो ।

सार्वजनिक सुनुवाईका सवालहरु र सवालउपर सम्वोधन
१  पुर्ण वहादुर राई महानन्द टोलविसका संस्था अध्यक्ष वडा नं १०

  • गोसखानले वारीपरिको वातावरण तथा सरसफाईलाई प्रभावित वनाएको छ त्यसको उचित ब्यवस्थापन तथा त्यस्को विकल्पमा नगरपालिकाको योजना के हो ?
  • नगरपालिका क्षेत्रभित्र सवैतिर कालोपत्रे भएको छैन त्यस्को योजना के छ ?

कार्यकारी अधिकृतको जवाफ

  • उपरोक्त जग्गा नेपाल सरकारको भएकोले  नगरपालिकाले आफै प्रयोग गर्ने र नेपाल सरकारको निर्देशन अनुसार ब्यवस्थापन गर्ने छ ।
  • वजेटको अभावले सवैतिर कालोपत्रे हुन नसकेकोले वजेट अनुसार वार्ड स्तरीय योजना छनौट भेला वाट प्राप्त योजनाअनुसार कामगर्ने भएकोले सवैलाई एकैपटक समेटन गाहृो भएको हो । क्रमस समेटिने छ ।

२. सन्तोष गौतम पालियाखोला प्रगतिटोल सचिव वार्ड नं ११

  • नया वसपार्कमा ४० फिटे वाटो निर्माण किन गर्नु ? निकास छैन । ४ धुर जग्गा मेरो गयो । 
  • वसपार्क जाने एउटापनि गेट छैन । एक कठ्ठा जग्गा दिने ब्यक्तिलाई वाटो दिइयो ?
  • वगानवाट निस्कने ढलको पर्खाल ढल्यो, गुणस्तर हेर्ने निकाय कुन हो ?
  • पालियावाट राज टी स्टेट जाने पुरानो वाटो किन वन्द छ ? उक्त वाटोको नया स्थिति के छ ?

कमल कोईराला तथा दीपक भण्डारीको जवाफ

  • प्रस्तावित वसर्पाकको वाटो भविष्यको दुरगामि सोचवाट ४० फुट निर्माण गरिएको हो । यसवारे अन्य कार्य हुदैजानेछ । गेट धेरै वनाउनुपर्ने हुदा सुरक्षा नहुनेभएकोले निर्माण नभएको हो । 
  • डेनको जिम्वेवारी ठेकेदारको भएकोहुदा ठेकेदारवाट नै निर्माण भएको हो ।

३ पदम कटुवाल मेनपा ८

  • सर्वाजनिक सुनुवाईको औचित्य के ?
  • काँकरभिट्टा र धुलावारी क्षेत्रमा मात्र विकास हुनुको कारण के हो ? १६ वर्ष भित्रमा नगरपालिकाले के के ग¥यो ?
  • आम्दा अस्पताल किन लथालिङ्ग र वेथिति छ ?
  • नेताका घरमा र कर्मचारीका घरमा मात्र किन पिच गरिन्छ ?
  • रिङ्गरोडको के आवश्यकता हो ?

४ दीपक काफ्ले मेनपा ८

  • इटाभट्टा उत्तरको सडकको लम्वाई चौडाई वारे किन जानकारी भएन ? कस्को कारण वाट यास्तो हुनगयो ?

५ फडिन्द्र धिमिरे मेनपा १०

  • २५० वटा टोलविकास को गठनको औचित्य के हो ?
  • राजनैतिक दल र कर्मचारीहरु विचमा कार्यक्रम र योजना थाहा हुने अन्य सर्वसाधारण जनतालाई थाहा नहुने  कारण के हो ?

६ ज्ञान प्रसाद गिरी वार्ड न ७

  • वडा नं ७ मा वढीले हानी नोक्सानी गरेको वारे नगरपालिकाको धारणा के छ ?
  • टोलविकास वाट आएका योजनाहरु कार्यान्वयन किन हुदैनन ? योजना तर्जुमा गर्ने समिति अर्र्र्कै गठन गर्नूपर्ने  कारण किन ?

७ कृष्ण त्रिखत्री मेनपा १२

  • वालवालिकाको दलित भत्ता  रु २०० कम भयो ।
  • वृद्ध भत्ता उमेर पुगेपछि सजिलै पाउनुपर्ने । मंसिर मात्र किन पर्खने ?
  • नगर पालिका समन्वय समितिमा दलितकोपनि सहभागिता हुनुप¥यो ।

८ ओपेन्द्र रायमाझी मेनपा २

  • धुलावारीको मदरसालाई खोलाले हानि पु¥याएको छ , तटवन्ध हुनुप¥यो ।
  • वेरोजगार यूवालई समेटने कार्यक्रम आउनु प¥यो

९‍ टीकादत्त काफ्ले मेनपा १०

  • जग्गा पासको सिफारिस गलत भयो । कर्मचारीले टोलको सिफरिस वेवस्ता गरे किन ?

१०  दीलिप अङ्गदम्वे मेनपा ८

  • मेचीनगर क्षेत्रको विद्युत विस्तारमा भोल्टेजको समस्या छ ।अत्यन्त न्यून भेल्टेज किन ?
  • नगरपालिकाले आफै जेनेरेतर चलाएको छ किन ट्रन्सफरमर  राखेको हो ?
  • कर्मचारीलाइ तेल सुविधा  दिइन्छ भन्ने सुनिन्छ यथार्थ केहो ?
  • योजना तर्जुमा गर्दा प्रथमिकिकरण गरेको पाईएन, कतै पिच कतै कल्भर्ट नै छैन ?
  • लागत साझेदारीमा गाउमा ३० प्रतिशत उठाउन कठिन छ ?

११  कुन्दन निरौला मेनपा १३

  • हेभिइकुप्मेन्ट प्रायोगगर्न पब्लिकलाई दिन हुदैन ।
  • तरकारी वजार ब्यक्तिले प्रयोग गर्दैछन किन ?

अनन्त प्रकाश वस्ती जवाफ

  • वस्तिविकास कम्पनि संग संझौता भएपछि तरकारी वजार लाइ प्रयोगमा ल्यउने ।
  • ५ क्षेत्रमा कामगर्ने टोलविकास संस्थाहरुको गठन गरिएको छ , आफनो अधिकार क्षेत्रवारे सहि जानकारी नलिएको पाईयो ।

१२ मनमाया दर्नाल

  • डे«ृन सानोभएर ढल निकासमा समस्या छ , वाहुण्डागी जाने वाटोको सवै पानी घरभित्र पस्छ ?
  • सुवर्णमार्ग र वाहुण्डागी जानेवाटो ४० फुटे निर्माण गर्न के अफ्टयारो भयो ?

१३ नारायण निरौला वार्ड नं ११

  • सार्वजनिक सुनुवाईको समय दूई घण्टा कम भायो । सवैको विचर समेटने काम भएन । टोक्ला वगानको ढलको समस्या,वाटोको समस्या र नदि नियन्त्रण भएन, टिफिन टाइम नगरपालिकाले राखेर सेवाग्राहीलाई समस्या परेको छ ।
  • सडकमा वालुवा गीट्टी ढुङ्गा थुपारेर सवैलाई अब्यवस्था भयो । भुस्याहा कुकरको नियन्त्रण भएन, पशु, पंक्षी सुगुर वंगुर आदिको पालन ब्यवस्थित भएन ।
  • सरपटवाट भएका काम सन्तोष जनक छैन । जग्गा र नक्सा मिलेन ।पालिया खोलामा गाडीधुने ब्यवस्था हुनुप¥यो ।

१४ देविमाया तामाङ्ग

  • पानीका श्रोतहरुलाई संरक्षण गर्न नगरपालिकामा मग गरेका निवेदन उपर किन सुनुवाई भएन ? 
  • आफुले भोगचलन गरेको जग्गा नापी (सरपट गर्दा रकम लिने गरेको छ ।

१५ नन्दू विष्ट मेचीनगर १२

  • वसपार्कका कर्मचारीहको मनोमालिन्य र अब्यवस्था त छ यसवारेमा नगरपालिकाको जवाफ पाउ ।

१६  गैरीगाउ  मनमाया तामाङ्ग

  •  काकरभिटाको पार्किङ्ग ब्यवस्थित भएन रिक्सा र गाडीको पार्किङ्ग ब्यवस्थित गर्न नगरप्रहरी लाग्नु प¥यो ।
  • ड्रेन वनाउदा सरपट वा न.पा. कसको निर्देशन अनुसार वनाउने ?
  • धर निर्मण गर्न ब्यक्तिले लामो समय सम्म गिटि वालुवा नहटाएको पाईयो यसवारे के गर्नै योजना छ ?

१७ मेनपा ५

  • खुट्टेडागीमा पैनी खोलाले लग्यो नगरपालिकाले सहयोग गरेन ।

१८ अनन्त कुमार दाहाल मेनपा ८

  • राम मन्दिरको वाटो मर्मत गर्नुपर्ने पैसा कल्पर्ट वनाउन प्रयोग किन गरिदैछ ।
  • चर्पी नहुनेवाट लगत स्टीमेट गरियो तर हाल के हुदैछ ?
  • रिङ्गरोडमा गिट्टी विछ्याउने काम किन रोकियो ?

कार्यकारी अधिकृतको जवाफ

  • कार्यक्रमको औचित्य हुन्छ र नै कार्यक्रम तथा योजना वनेको हो ।
  • टोलविकास मार्फत सवैलाई समेटेको हो ।
  • वाटोको वोर्ड दुई चार दिन भित्रमा राखिने छ ।
  • स्वास्थ्य केन्द्रमा १० वजे जाँँदा कार्यचारी भेटिनेछन ।
  • सहभागिता मुलक योजना तर्जुमा गर्ने नीति अनुरुप पत्रपत्रिका टीभी मार्फत सुचना गरेर वार्डले आफनो वार्डस्तरीय योजना छनौटगरि छलफल गरि पठाउने नियम भएको र सोहि अनुसार गर्ने गरिएको हो ।
  • वृद्ध भत्ता पछि जेष्ट असारमा उमेर पुगेपछि मंसिर मै दर्ता गरि सुरक्षित रहनुपर्दछ र मात्र उसले श्रावण देखि भत्ता पाउँछन ।
  • फ्यूल कुनै कर्मचारीलाई दिएको छैन  र दिईने पनि छैन ।
  • आगामी दिनमा ट्रान्सफरमरको ब्यवस्था गरि जेनेटरको खर्च कटौति गरिने छ ।
  • विकास निर्माणका कार्यमा लागत झल्किनेगरि र्होिडङवोर्ड राख्न लगाउने पहल गर्ने छु ।
  • वजेट अनुसार कार्यगर्ने , वसपार्कभित्र ग्यारेजको ब्यवस्था गर्ने सहभागितामा सम्पुर्ण कार्यगर्ने, भुस्याहा कुकाुको नियन्त्रण गर्ने प्रयास गरिने छ । खोला नियन्त्रण डुवान समस्या समाधान गर्ने वजेट हाल विनियोन नभएकोले कार्य गर्न असमर्थ भएको जानकारी गराउदछु ।

 

तेश्राे दाेश्राे चाैमासिक सार्वजनिक सुनुवाई कार्यक्रम

सामुदायिक विकास मञ्चले मेचीनगर नगरपालिकाले २०७१ चैत्र महिना देखी असार २०७२ सम्म नागरिकलाई प्रदान गरेका सेवा तथा विकास निर्माणमा नागरिकको गुनासा ब्यवस्थापन गर्ने उद्देश्यले सार्वजनिक सुनुवाई कार्यक्रमको मिति २०७२ असार ११ गते नगरपालिकाको सभाहलमा आयोजना गरेको थियो ।
संकलित नागरिकका सवालहरु माथि नगरपालिकााको धारण वुझनका लागि असार ९ गते नगरपालिकामा कर्मचारीहरु संग सवालहरुका वारेमा अन्र्तक्रिया गरिएको थियो । यस कार्यक्रमको सहजीकरण मेचीनगर १० काकरभिट्टा स्थित सामुदायिक विकास मञ्चले गरेको थियो ।यस कार्यक्रम वाट नागरिकहरुका समस्या तथा सवालहरुलाई सुनुवाई गरि जिम्वेवार निकाय तथा ब्यक्तिहरुवाट प्रतिवद्धता पालना पत्रमा हस्ताक्षर गराई त्यसको पालना भए नभएको वारेमा अनुगमन गर्न अनुगमन समित निर्माण गरिएको छ ।
मेचीनगर नगरपालिकाको अयोजना र सामुदायिक विकास मञ्च मेचीनगर १० काकरभिट्टाको सहजीकरणमा  मेचीनगर नगरपालिकाले   नागरिकलाई प्रवाह गरेका सेवा सुविधामा नागरिकको कुुनै गुनासो भए सम्वोधन गर्ने उद्देश्यले नगपालिकाको सभाहलमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा टोल विकास संस्थाका पदाधिकारी ,राजनीतिका दलका प्रतिनिधि लगायत सामाजिक संघ संस्थाका ११४ महिला र ८० पुरुष गरि  १९४  सहभागी थिए । यसै गरि कार्यक्रममा वाहुन क्षृत्री १११ जना जनजाती ५२ दलित १६ अन्य १५ उपस्थित थिए ।
कार्यक्रममा अघिल्लो सुनुवाइमा गरिएका प्रतिवद्धता पुरा भए नभएको वारेमा प्रस्तुति गरिएको थियो । यस पस्चात नागरिक अभिमत संकलन तथा सेवाग्राही वहिर्गमन फारम को नतिजा देखाइएको थियो ।
सेवाग्राही अभिमत संकलन

मेचीनगर नगरपालिका संगको समझदारी अनुसार नगर क्षेत्र भित्रका नागरिक हरुको नगरपालिकाले प्रदान गरेका सेवाहरु तथा विकास निर्माणका सवालहरुमा अभिमत ,विचार र धारणा के रहेको छ भन्ने वारेमा सामुदायिक विकास मञ्चका कर्मचारी स्थलगत भ्रमण गरि  सेवाग्राही रहेको स्थानमा नै पुगी अभिमत संकलन गर्ने कार्य गरिएको थियो । यस क्रममा ५० नागरिकहरुको अभिमत संकलन गरिएको थियो । जसको विवरण निम्न अनुसार छ ।

अभिमत संकलनका क्रममा सन्तुष्टि हुने हरुको संख्या ३४ पाइएको छ । जुन ६८ प्रतिशत रहेको छ भने असन्तुष्टि ३२ प्रतिशत रहेको छ । अधिकासं असन्तुष्टि हुनेहरुमा कागजात अभाव भएको र सेवाग्राही नै कारक पाइएको छ ।
 
यसै गरि सेवाग्राही वहिर्गमन फारम भराउने कार्य गरिएको थियो । यस क्रममा ५० जनाको समष्टिगत प्रतिवेदन वनाइएको थियो जुनको नतिजा निम्न प्रकार रहेको छ ।
 
पुर्व सवाल तथा सुनुवाइ प्रतिको प्रगति

वर्मेली टोल विकास संस्थाको सिमाकंन हुन नसकेको नभएकाे । छलफलको क्रममा रहेकाे ।
जथाभावी पार्कीग गर्नेलाई जरिवाना गर्नुपर्ने ।     केही सुधार भएको    प्यारीभिटा वसपार्क ब्यवस्थित संगै समस्या समाधान हुने ।
वडा कार्यालय ९ ,१० र उपस्थास्थ्य चौकीको फोहर ब्यवस्थापन हुन नसकेको  भएको   स्वास्थ्य चौकी आफ्नै भवनमा सरेको ।
धुलावारीमा टयाक्सी स्टेण्डका लागि खरिद गरिएको जमिनको उपयोग गर्नुपर्ने ।     नभएकाे परिषदको वैठकमा छलफल भएको तर वजेट विनियोजन हुन नसकेको ।

मासुको भाउमा नियमन गर्नुपर्ने ।  

प्रक्रियमा गएको    

नगर स्तरीय अनुगमन समिति वनी कार्य प्रारम्भ भएको ।

 

कोइला र सुपारीका कारण भएको फोहर ब्यवस्थापन गर्नु पर्ने ।    

भएको   

कोइला भण्डारनको स्थान परिवर्तन गरेको