FAQs Complain Problems

नेपालको संविधान, २०७२ को पहिलो मस्यौदा माथिको सुझाव तथा प्रतिकृया

मेचिनगर नगरपालिकाको संक्षिप्‍त परिचय

संविधानसभा, नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले आयोजना गरेको नेपालको संविधान, २०७२ को पहिलो मस्यौदा माथिको सुझाव तथा प्रतिकृया सम्बन्धी झापा क्षेत्र नंम्बर १ को कार्यक्रम मिति २०७२/०४/०४ गते दिनको ११.०० बजे मेचीनगर ३ धुलाबारी स्थित पासाङ ल्हामु स्मृति जेसिज प्रतिष्ठानमा सम्पन्न भयो । कार्यक्रमको अध्यक्षता क्षेत्र नम्बर १ का निर्वाचीत माननिय सभासद श्री रविन कोईरालाले गर्नु भएको थियो भने प्रमुख अतिथीका रुपमा माननिय सभासद श्री नरेन्द्र विक्रम नेम्वाङ रहनु भएको कार्यक्रममा माननिय सभासदहरु श्री उषा गुरुङ र मिलन कुमारी राजबंशी समेतको उपस्थिति रहेको थियो । मेचीनगर नगरपालिकाका सामुदायिक विकाश अधिकृत श्री अनन्त प्रकाश वस्तीले संचालन गर्नु भएको कार्यक्रमको स्वागत भाषण नगरपालिकाका कार्यकारी अधिकृत श्री केशव भट्टराईले गर्नुभएको थियो । नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदा उपर जानकारी माननिय सभासद श्री उषा गुरुङले गर्नुभएको थियो भने मस्यौदा संविधान उपर जानकारी गराउदै सुझावका लागि कार्यक्रमका अध्यक्ष माननिय सभासद श्री रविन कोईरालाले प्लोर ओपन गर्नुभएको थियो । झापा क्षेत्र नंम्वर १ का स्थानीय राजनैतिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि, नागरिक समाज, स्थानिय एफ.एम., पत्रकार, शिक्षक, बुद्धिजीवि, पिछडा वर्ग, दलित समुदाय, आदिवासी जनजाति, मधेशी समुदाय, मुस्लीम समुदाय आदिको उपस्थिति रहको कार्यक्रममा बिभिन्न व्यत्ति, राजनैतिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधिहरुले आप्नो राय सुझाव लिखित तथा मौखिक रुपमा प्रस्तुत गर्नुभएको थियो ।