नेपालको संविधान,२०७२ काे प्रारम्भिक मस्याैदा उपरकाे प्रारम्भिक छलफल

नेपालको संविधान २०७२ को प्रारम्भिक मस्यौदा उपर सर्वसाधरण जनताहरुबाट राय सुभाव लिने कार्यक्रम २०७२ श्रावण ४ र ५ गते सम्बन्धीत निर्वाचन क्षेत्रहरुमा सम्पन्न गर्ने निर्णय भए बमोजिम सो राय सुझाव लिने कार्यक्रम वारेको प्रारम्भिक छलफल मिति २०७१ अषार ३० गते मेचीनगर नगरपालिका कार्यालयको सभाकक्षमा सम्पन्न भयो । कार्यक्रममा झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी,  स्थानिय विकास अधिकारी, प्रहरी तथा ससस्त्र प्रहरीका प्रमुख, व्यवस्थापिका संसद सचिवालयका शाखा अधिकृत, मेचीनगर नगरपालिकाका कार्यकारी अधिकृत, स्थानीय राजनैतिक दलका प्रमुख, बुद्धिजिवि, पत्रकार तथा सर्वसाधारणको उपस्थिति रहेको थियाे । प्रमुख जिल्ला अधिकावरीले साे कार्यक्रमको वारेमा जानकारी गराउनुका साथै सर्वसाधरणले सोधेका प्रश्नको उत्तर दिनुभएको थियो ।