FAQs Complain Problems

मेचीनगरमा तपाइलाई स्वागत छ |

मेचिनगर नगरपालिकाको संक्षिप्‍त परिचय

मेचीनगर पूर्वी नेपालको मेची अञ्चल अन्तरगतको झापा जिल्लाको पूर्वी भागमा अवस्थित नगरपालिका हो । यसलाई नेपालको पूर्वी सिमानाको प्रवेशद्धार समेत भनिन्छ । । यसको स्थापना २०५३ सालमा भएको हो । यो नगरपालिका नेपालको पूर्वको प्रमुख उद्योग तथा बाणिज्यको केन्द्र समेत हो । यस नगरपालिकाको कुल क्षेत्रफल ५४६७ हेक्टर तथा ५४.६७ वर्ग कि.मि. रहेको छ भने यो समुन्द्रको सतहबाट १०० मि. उचाईमा अवस्थित छ । २०६८ को राष्टिय जनगणना बमोजिम यहाँको कुल जनसंख्या ५७५४५ रहेको छ । जसमा महिला २९९५७ र पुरुष २७५८८ छन । कुल घरधुरी संख्या १३१८१ रहेको यो नगरपालिकाको मुख्य व्यपारिक केन्द्रहरु (बजार) धुलाबारी, ईटाभट्टा र काकरभिट्टा हुन ।

                                                                                               नगरपालिकाको तथ्यांकिय जानकारीका लागि यहाँ क्लिक गर्नुहोस ।