FAQs Complain Problems

Public Audit 2070/071

मेचिनगर नगरपालिकाको संक्षिप्‍त परिचय

पृष्ठभूमि

स्थानीय निकाय (आर्थिक प्रशासन) नियमावली, २०६४ को नियम २०१ ले गरेको व्यवस्था अनुरुप स्थानीय निकायहरुको एक आर्थिक बर्षमा निकायकै समग्र सामाजिक उत्तरदायित्व परीक्षण गर्ने पद्धतिलाई स्पष्ट तथा निर्देश गर्न सामाजिक लेखापरीक्षण कार्यविधि २०६३ लाई प्रतिस्थापन गर्देै स्थानीय निकाय समाजिक परीक्षण कार्यविधि, २०६७ तर्जुमा भएको हाे । सोही नियम २०१ को व्यवस्था बमोजिम स्थानीय निकायहरुले बर्षमा १ पटक सामाजिक परीक्षण गर्ने र यस्तो सामाजिक परीक्षण आ.व. समाप्त भएको प्रथम चौमासिक भित्र गरिसक्नु पर्ने कानूनी मान्यता अनुरुप मेचीनगर नगरपालिका र स्कलर नेपाल प्रा.लि., काठमाण्डौ बिच भएको संझौता बमोजिम आ.व. २०७०।०७१ को सामाजिक परीक्षण उत्त संस्थाले गरेकाे थियो ।  मिति २०७१ कार्तिक ३ गते सोमबारका दिन नगरपालिका कार्यालयको सभाकक्षमा सो सामाजिक परीक्षणको प्रस्तुतीकरण भएको थियो । ८४ जनाको उपस्थितिमा सम्पन्न भएकाे उक्त कार्यक्रममा नगरपालिकाका टोल विकास संस्थाका प्रतिनिधि, स्थानीय राजनैतिक दलका प्रतिनिधि, पत्रकार, स्थानीय रेडियो, स्थानीय एफ एम र कान्तीपुर राष्टिय दैनिकका प्रतिनिधिहरुकाे उपस्थिती रहेको थियाे ।

सामाजिक परीक्षणबाट देखिएका नगरपालिकाका सवल पक्षहरु
१.    विकास निमार्णमा जनसहभागिता बृद्धि
२.    सहभागितामुलक सौर्य उर्जा सडक बत्ति व्यवस्थापन
३.    राष्टिय भवन संहिता कार्यान्वयन
४.    निजी तथा समुदायमा आधारीत सरसफाई व्यवस्थापन
५.    सक्रिय टोल विकास संस्था
६.    आर्थिक कारोवार पूर्ण कम्प्यूटरक्रित
७.    नगरपालिका क्षेत्रमा रहेका राजनैतिक दल र पूर्व जनप्रतिनिधिहरुसँग नियमित सहकार्य र समन्वय
८.    संभावित आर्थिक श्रोतको पहिचान र परिचालन

सामाजिक परीक्षणबाट देखिएका चुनौती तथा कमजोरीहरु
१.    सुकुम्वासी र अव्यवस्थीत बसोवास
२.    सार्वजनिक जग्गा संरक्षणमा कठिनाई
३.    बढदो शहरीकरण र वस्ती विकास
४.    खानेपानी व्यवस्थापन
५.    सडकबत्ती व्यवस्थापन
६.    प्राकृतिक प्रकोप लगायत नदि कटान
७.   निर्वाचित जनप्रतिनिधि नहुनु
८.    श्रोतमा कमी
९.    ल्याण्डफिल साईटको अभाव
१०.   सामाजिक सुरक्षा प्राप्तीमा कठिनाई

 सामाजिक जिम्मेवारी पुरा गर्न चाल्नुपर्ने कदम वा सुझावहरु
१.     यातयात, उद्योग बाणिज्यको विकास र विस्तार गर्नुपर्ने
२.    धार्मिक, ऐतिहासिक, सास्कृतिक लगायतका स्थानको विकास, संरक्षण र उपयोग गर्नुपर्ने
३.    गरिवी न्यूनीकरण पाश्र्वचित्रलाई अद्यावधिक गरी कार्यक्रम तथा रणनीति अनुसार संचालन गर्नुपर्ने
४.    नगरको समग्र क्षेत्रको फोहरमैला व्यवस्थापनका लागि विस्तृत रुपमा सर्भे गरी फोहरमैला व्यवस्थापन गर्नुपर्ने
५.    नगरपालिकाको नीति अनुसार कार्यक्रम तथा आयोजना भए नभएको विषयमा नगरपरिषद पूर्व व्यापक छलफल गर्ने र निती तथा कार्यक्रम स्पष्ट हुनुपर्ने
६.    नगरपालिकाको आवधिक योजना अद्यावधिक र नगर यातयात गुरु योजना निमार्ण गर्नुपर्ने र बार्षिक योजना तथा नितीहरु तयार गर्दा राष्टिय नीति र नगरको बार्षिक कार्यक्रम तथा योजनाले निर्देशित गरेको उदेश्यहरुलाई ध्यान दिनुपर्ने
७.   नगरपालिका समग्र नगरको समन्वयकारी संस्था भएकोले अन्य बिषयगत कार्यालय तथा गैर सरकारी संस्थाहरुको कार्यक्रम तथा आयोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन अनुगमन तथा मुल्यांकन प्रणालीलाई यथार्थ र बस्तुनिष्ठ बनाउन सरोकारवालाहरुको सहभागितामा नगर स्तरीय साझा संयन्त्र तयार गरी कार्यान्वयन गर्नपर्ने
८.    नगरपालिकामा कार्यरत गैर सरकारी संस्थाहरुको कार्यक्रमको दोहोरोपना हटाउनु पर्ने
९.    गैर सरकारी संस्था र स्थानीय निकाय, बिषयगत कार्यालयहरु समेतको पहलमा शिक्षाको पहुच नपुगेका वालवालिकालाई बिद्यालय भर्ना गरी मेचीनगर नगरपालिकालाई सतप्रतिशत बिद्यालय भर्नाको सूचीमा राख्नका लागि बिषेश कार्यक्रम तय गर्नुपर्ने
१०.    नगरक्षेत्र भित्र बालमैत्री स्थानीय शासन कार्यान्वयन गर्नका लागि सरोकारवाला निकायहरुबाट नियमित रुपमा अनुगमन तथा सुपरिवेक्षण गर्नुपर्ने
११.    शहरी विकास योजना र बस्ती विकासका कार्यक्रमहरु शुरु गर्न बिषेश पहल गर्नुपर्ने देखिन्छ ।
१२.    राजश्व सम्भाव्यता अध्ययन गरी बित्तिय व्यवस्थापन तथा श्रोत परिचालनलाई नगर विकासको मुल आधार बनाउनु पर्ने
१३.    समावेशीमा आधारित समाजकल्याण तथा सामाजिक विकासमा गतिशिलता प्रदान गर्ने
१४.    दिगो फोहोर व्यवस्थापनका लागि जनचेतनामूलक कार्यक्रम संचालनका साथै ल्याण्डफिल साईटको सम्भाव्यता अध्ययन गर्नुपर्ने