मेचीनगर नगरपालिकामा तपाईंलाई स्वागत छ |

मेचीनगर नगरपालिकाको संक्षिप्‍त परिचय

मेचिनगर नगरपालिकाको संक्षिप्‍त परिचय

मेचीनगर पूर्वी नेपालको मेची अञ्चल अन्तरगतको झापा जिल्लाको पूर्वी भागमा अवस्थित नगरपालिका हो । यसलाई नेपालको पूर्वी सिमानाको प्रवेशद्वार समेत भनिन्छ । यसको स्थापना २०५३ सालमा भएको हो । यो नगरपालिका नेपालको पूर्वको प्रमुख उद्योग तथा बाणिज्यको केन्द्र समेत हो । मेचीनगर नगरपालिका मुख्यतया निम्नानुसार ठाउँहरुको संयोंजनबाट बनेको छ  ।

  1. मेचीनगर
  2. वाहुनडाँगी
  3. ज्यमिरगढी
  4. धाइजन
  5. दुवागढी

प्रशासनिक बिभाजन :

जिल्ला : झापा

अंचल: मेची

प्रदेस: प्रदेस नं : १

वडा संख्या: १५

सिमाना :

पूर्व : भारतको पश्चिम बंगाल

पश्चिम: बिर्तामोड नगरपालिका, अर्जुनधारा नगरपालिका

उत्तर : बुद्धसान्ति गाउँपालिका, रोंग गाउँपालिका (इलाम)

दक्षिण : भद्रपुर नगरपालिका

 

भौगोलिक अवस्था :

आक्षांस : २६.३७ उ. अ देखि २६.४३ उ. अ

देशान्तर : ८८.०४ पू. दे देखि ८८.१४ पू. दे

उचाई : समुन्द्र सतहबाट १०० मिटर

माटो : पाँगो दोमट र बलौटे दोमट